Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

वाइ वाइद्वारा टी–२० विश्वकपमा प्रत्येक रन, चौका,छक्का अर्ध सतक, सतक र प्रत्येक जितका लागि आकर्षक पुरस्कार घोषणा

 

सुपर–८ मा पुगे नेपाली राष्ट्रिय टिमलाई ३० लाख

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ ।

जसअनुसार जारी विश्वकपको सुपर–८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद रू ३० लाख पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले जनाएको छ ।

यो घोषणासंगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाइ वाइ चाउचाउको तर्फबाट नगद रू. ३० लाख प्राप्त गर्नेछ ।

यसका साथै वाइ वाइ चाउचाउले जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीहरुको मनोबल उच्च पार्ने उदेश्यले अन्य विभिन्न पुरस्कारहरुको पनि घोषणा गरेको छ ।

जसमा प्रत्येक रन बनाएवापत रू. १ हजार, प्रत्येक चौका वापत रू. ८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

चौधरी गु्रप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ । वाइवाइले त्यो बेलादेखि नेपालको क्रिकेट विकासका लागि लगानी गर्न थालेको थियो जुन बेला क्रिकेट खेलको मैदानमा दर्शक नै हुदैनथे ।

‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टि–२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ । हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् ता पनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो, ‘वाइ वाइ विगत २० बर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ ।

र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइ वाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’
नेपालले टि–२० विश्वकपको श्रृंखला अन्र्तगत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दैछ ।

त्यस्तै टेष्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...