NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डले सम्मानित

 

काठमाडौं । एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लुएसीसी २०२४ मा प्रदान गरिएको हो ।

बैंकका अनुसार यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो । एनएमबि बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ ।

एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देश भर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंकको ५० लाख रुपैँया सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंकको ५०...

वि.सं.२०८१ असोज २४ बिहीवार २२:१८

  काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको...

कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट

कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत...

वि.सं.२०८१ असोज २४ बिहीवार २२:१५

  काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा...

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता,...

वि.सं.२०८१ असोज २३ बुधवार २२:३१

  काठमाडौँ २३ असोज । ग्लोबल आइएमई बैंक लिमिटेड र...

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख रुपैयाँ सहयोग

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख...

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५७

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा...