Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भरततालमा भ्रष्टाचार आरोप, निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

 

भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ३० करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समितिका तत्कालिन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।

विशेष अदालत काठमाडौंमा मंगलबार दायर आरोपपत्रमा आयोगले बागमती नगरपालिका–४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम ९भरत ताल० निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएको उल्लेख गरेको छ ।

सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा परियोजना र संघीय सरकारको स्वीकृतविना अनधिकृत रुपमा माछा पोखरी निर्माणका लागि भनी ढुङ्गा गिट्टी बालुवा ९वन पैदावार० उत्खनन् गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन ९आइइइ० स्वीकृत भएको भन्ने गलत लिखत तयार पारेर अनधिकृत काम गरेको आरोपपत्रमा छ ।

आयोगका अनुसार बागमती नगरपालिकाबाट उक्त माछापोखरीको डीपीआर तयार गरेको देखाई बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृतसमेत नगराई, बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई, माछापोखरी ९हाल ताल० निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना नेपाल सरकारको स्वीकृतविना ३९ लाख ७३ हजार १ सय ९१ घनमिटर उत्खनन गरेको पाइएको छ । उत्खखनबाट निस्किएको नदीजन्य पदार्थको हिसाबमा अनियमिता गरेको पाइएको पनि आयोथले जनाएको छ ।

नेपाल सरकार, प्रदेश, स्थानीय तह÷सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना, दुरुपयोग गरेको भन्दै आरोपितविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा सजायको मागदाबी आयोगले गरेको छ ।

आयोगले यसअघि स्रोत नखुलेको सम्पत्ति पाइएको भन्दै गत चैत अन्तिम साता मुद्दा दायर गरेपछि नगरप्रमुख थापा पदबाट निलम्बित छन् । उनीविरुद्ध मंगलबार दायर दोस्रो मुद्दा हो । अघिल्लो मुद्दामा ५ करोड ३३ लाख रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरेको थियो ।

 

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...