IME Life
NIMB

बन्दीपुर केबलकारको उद्धार अभ्यास सम्पन्न

NIMB
Himalayan Bank

 

 

तनहुँ जिल्ला स्थित बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारको लागि यात्री उद्धार अभ्यास कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको छ। सो उद्धार अभ्यास कार्यक्रममा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी उद्योगी प्लास्टिक इन्टरनेशनल प्रा. लि. साथै तनहुँ स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी र कम्पनीको आकस्मिक उद्धार दल सहित ८७ जनाको सहभागिता रहेको थियो।

भविष्यमा घट्न सक्ने कुनै पनि कठिन भन्दा कठिन घटना वा आपतकालिन समयमा यात्री एवं पर्यटकहरूले कुनै प्रकारको सास्ती अनुभव गर्न नपरोस् भन्ने मनसायले कम्पनीले यस प्रकारको अन्तर्राष्ट्रिय उद्धार प्रदर्शनी आयोजना गरेको दाबी गरेको छ।

बन्दीपुर केबलकार नै यस्तो कम्पनी हो जसले आकस्मिक उद्धारको लागि केबलकारको सिस्टममा नै अतिरिक्त मोटर एवं इन्जिन र सुरक्षा सम्बन्धी उपकरणहरू जडान गरेर यात्री तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिएको छ। पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसअघि नै अन्तर्राष्ट्रिय गुणस्तर एवं सुरक्षण ग्यारेन्टी प्रमाणपत्र टि.यु.भी समेत प्राप्त गरिसकेको छ।

गत जेष्ठ ३१ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको केबलकारमा पर्यटकहरूको राम्रो र सकारात्मक आकर्षण बढेको देखिँदै गर्दा उद्धार अभ्यासका लागि बुधवारका दिन केबलकार सेवा बन्द गरिएको कार्यकारी निर्देशक शिवप्रसाद शर्माले बताउनुभयो भने बिहीवार बिहान पनि अन्तिम अभ्यास गरेर १० बजेदेखि नियमित केबलकार सेवा सञ्चालन हुने महाप्रबन्धक रोमन मान श्रेष्ठले बताउनुभयो ।

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज तथा जनरल अस्पतालमा उपचार शुल्कमा छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल...

वि.सं.२०८३ साउन २० बुधवार २३:०५

  काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...