Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु

 

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गरेको छ । यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्को खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरू भेरिएन्टहरूको उत्पादन पनि बढाउँदै जाने योजना रहेको छ । साथै, यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई१० निओस र अल न्यू हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल हाल बिक्री वितरण सुरु गरेको हुन्डाई भेन्युको मूल्य भेन्यु एफएल एक दशमलव दुई यसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यु एफएल एक दशमलव दुई एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ ।

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी...

वि.सं.२०८२ असार ७ शनिवार २१:४२

काठमाडौं । व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो...

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब...

वि.सं.२०८२ असार ७ शनिवार १९:२२

  काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका...

नाडा अटो शो २०२५ भदौ ३ देखि, उद्घाटन अर्थमन्त्रीबाट

नाडा अटो शो २०२५ भदौ ३ देखि,...

वि.सं.२०८२ असार ४ बुधवार २०:३५

काठमाडौं। नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी...

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२७

  काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...