CG Electronics
IME Life
NIMB

सहकारी रोजगार मेला २०८१ आयोजना हुँदै

NIMB
Himalayan Bank

 

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले ‘प्रथम सहकारी रोजगार मेला – २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो ।

मेलाको उद्धघाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री वलराम अधिकारीले गर्नेछन् । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुती, अन्तर्राष्ट्रिय श्रम मंगठन (आइएलओ) का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुनेछन् । मेलाको अन्तिम दिनश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डील प्रसाद अर्यालत्राट मेलाको समापन हुनेछ ।

सहकारी इतिहासमा पहिलो पटक हुन लागेको रोजगार मेलाले रोजगारदाता र रोजगारीको खोजी गर्नेहरूको बीच पुलको काम गर्ने आयोजकले जनाएको छ ।

मेलाले प्रतिभा पलायन (बेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्नेलगायतका उद्देश्यवाट रहेको महासंघकी अध्यक्ष ओम देवी मल्लले बताइन् । साथै, स्टार्टअपहरू र साता व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य मेलाले गर्ने उनको भनाइ छ ।

महासंघका अनुसार सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यवसायिक तालिमहरू, शैक्षिक कोर्षहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी गराउँदै मानव संशाधन विकासमा समेत मेलाले योगदान गर्नेछ ।

देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आए‌को सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराई वैदेशिक रोजगारीको प्रवाह कम गरी उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने महासंघको दाबी छ। मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्‌नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने भएकाले मेलाप्रति युवाको थप आकर्षण हुने अनुमान समेत महासंघको छ ।

सहकारीमा हाल ३१ हजारभन्दा वढी सहकारी संघरसंस्थामार्फत १ लाख बढीलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको सहकारी क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास महासंघले लिएको छ ।

निशुल्क प्रवेश गर्न सकिने मेलामा विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

मेलामा अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेको युवाहरूका लागि क्युआर कोड स्क्यानमार्फत रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाइएको छ । मेलामा रोजगारदाताका स्टलहरू रहने छन् साथै सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत मेलामा स्थान दिइने जनाइएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...