Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका ९ होटल र रेस्टुरेन्टमा विशेष छुट

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । प्रभु बैंकले बन्दिपुरका विभिन्न ९ वटा होटल तथा रेस्टुरेन्टमा छुटसम्बन्धी सम्झौता गरेको छ ।

पर्यटकीय नगर बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल, हेरिटेज गेष्ट हाउस एण्ड रेस्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल, हिल्स सेभेन रेस्टुरेन्ट एण्ड लज, होटल तिनधारा, वर्ल्ड हाउस क्याफे एण्ड लजबीच प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बन्दिपुरको होटलका तर्फबाट निर्देशक सूर्यप्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेस्टुरेन्टका प्रोपाइटर संगीता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटलका निर्देशक विश्वप्रकाश सुल्पे, हिल्स सेभेन रेस्टुरेन्ट एण्ड लजका प्रोपाइटर रवि शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंकका तर्फबाट डुम्रे शाखाको शाखा इन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहक,कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेस्टुरेन्टमा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवामा ५ प्रतिशतदेखि २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:११

  काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू...