Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रधानमन्त्रीलाई ओलीको सुझाव- नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस्

 

काठमाडौं । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सानातिना नियुक्ती, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिएका हुन् । नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन उनको आग्रह छ ।

उनले भने,‘मैले प्रधानमन्त्रीलाई भनेको छु । सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौँ । पोलिसी म्याटरको छलफल गरौं । कुन क्षेत्रमा के कस्ता सुधार, परिवर्तन, कस्ता कदम र नीति लिन आवश्यक छ त्यसमा छलफल गरौँ । छलफल गर्यो, सुन्यो, सिध्यो । पुराण सुनेजस्तो नगरौं । आँखा चिम्लेर सुनेपछि सक्यो । यस्तो गरेर भएन । ठोस् रुपमा कार्यान्वयनमा जाऔं । र व्यवहारिक कदमहरु चल्न ठोस प्रस्तावहरु लिएर आउनु होला ।’

 

अध्यक्ष ओलीले अबको पाँच वर्षभित्रमा कृषिक्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गरे । उनले देशमा कृषि क्षेत्रमा अब पर्खने समय नै नरहेको बताए ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...