Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता सेवा

kumari  bank

 

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।

यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै, नेपाल आउने भारतीय पर्यटकहरुलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरुसँग आवश्यक सहकार्य समेत गर्नेछ । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

 

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:२१

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख...

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:२२

  काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष...

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम दरवारमा विशेष छुट

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:१५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...