CG Electronics
IME Life
NIMB

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन केवल प्राकृतिक सम्पदा वा धार्मिकस्थलको विषय मात्रै नभई व्यवस्थापन, संस्कृति र कथासँग जोडिएको क्षेत्र भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘पर्यटन सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पर्यटनलाई बुझ्ने दृष्टिकोण व्यापक हुनुपर्ने बताए।

उनले नेपालको हिमाल, संस्कृति, जातीय विविधता र धार्मिक सम्पदाले मात्रै पर्यटन सफल नहुने उल्लेख गर्दै व्यवस्थापकीय क्षमता र प्रभावकारी कानुन आवश्यक रहेको बताए।

‘पर्यटन खासमा व्यवस्थापकीय कला हो, त्यसलाई कानुनले निर्देशित र नियमन गर्नुपर्छ,’ उनले भने।
मन्त्री पौडेलले पर्यटनलाई कथा निर्माणसँग तुलना गर्दै कुनै पनि स्थानलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले पर्यटन उद्योगको सफलता निर्धारण गर्ने धारणा राखे।

‘पर्यटन भनेको खासमा के छ भन्ने होइन, त्यसलाई कसरी बताइन्छ भन्ने हो। पर्यटन कथा हो,’ उनले भने।
उनले नेपालको भूगोल, संस्कृति र जीवनशैलीबीचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्दै हिमाली, पहाडी र मधेसी समुदायका नृत्य, गीत, रहनसहन तथा संस्कृतिलाई प्रकृतिले निर्देशित गरेको बताए।

उनका अनुसार हिमाली भेगमा सामूहिक रूपमा हात समातेर गरिने नृत्य त्यहाँको कठोर भौगोलिक अवस्थासँग जुध्ने संस्कृतिको अभिव्यक्ति हो भने पहाडमा पुगेपछि त्यही संस्कृति गतिशील र स्वतन्त्र शैलीमा विकसित हुन्छ। मधेसमा भने सामूहिकता र स्वतन्त्रता मिश्रित सांस्कृतिक स्वरूप देखिने उनको भनाइ थियो।
मन्त्री पौडेलले पर्यटन सम्बन्धी विधेयकमा अझ धेरै सुधार र व्यापकता आवश्यक रहेको स्वीकार गर्दै त्यसमा केही सुधार गर्नुपर्ने धेरै पक्ष रहेको बताए।

‘म विभागीय मन्त्री भए पनि यस विधेयकमा सुधार गर्नुपर्ने धेरै पक्ष छन् भन्ने मलाई लाग्छ,’ उनले भने।
उनले वर्तमान समय डिजिटल पर्यटनतर्फ अघि बढिरहेको उल्लेख गर्दै अब घरमै बसेर विश्वका सम्पदास्थल अवलोकन गर्न सकिने अवस्था आएको बताए। पाटन दरबार संग्रहालयजस्ता सम्पदालाई भर्चुअल माध्यमबाट विश्वभर प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै उनले नयाँ प्रविधि र डिजिटल पेमेन्ट प्रणालीलाई समेत कानुनले समेट्नुपर्ने बताए।

उनले समितिमा विधेयकमाथि थप दफावार छलफल हुने विश्वास व्यक्त गर्दै पर्यटन क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार गरिनुपर्नेमा जोड दिए।

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...