CG Electronics
IME Life
NIMB

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ हुँदा क्षेत्र प्रभावित : दीपकराज जोशी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित नीतिगत तथा पूर्वाधार सुधारका कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटन उद्योग प्रभावित भइरहेको बताएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पर्यटन क्षेत्र विषयक सार्वजनिक–निजी संवाद कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटन प्रवद्र्धन अब परम्परागत प्रचारभन्दा डिजिटल माध्यमतर्फ केन्द्रित हुँदै गएको बताए।

उनले नेपाललाई अझै पनि ‘ब्याकप्याक डेस्टिनेसन’ का रूपमा बुझिने भए पनि ६० प्रतिशतभन्दा बढी पर्यटक ट्राभल एजेन्सीमार्फत आउने गरेको उल्लेख गर्दै बिटुबी प्लेटफर्ममा सहभागिता र डिजिटल उपस्थिति दुवै महत्वपूर्ण रहेको बताए।

जोशीका अनुसार नेपाल पर्यटन बोर्डले ब्रोसर, पोस्टर तथा पोस्टकार्ड छपाइमा हुने खर्च घटाएर डिजिटल प्रवद्र्धनमा लगानी बढाएको छ। उनले विगतमा करिब तीन करोड रुपैयाँ खर्च हुने प्रचार सामग्री अहिले ६० लाख रुपैयाँमा सीमित गरिएको जानकारी दिए।

उनले कन्टेन्ट क्रियटरसँग सहकार्य बढाइएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि खरिद प्रक्रिया र जनशक्ति व्यवस्थापनमा रहेको कानुनी जटिलताले काममा असर गरेको बताए। विदेशमा प्रचार–प्रसारसम्बन्धी आर्थिक विनियम लामो समयसम्म पारित नहुँदा उपभोक्ता केन्द्रित अन्तर्राष्ट्रिय प्रचार अभियान सञ्चालन गर्न कठिन भएको उनको भनाइ थियो।

जोशीले चालु आर्थिक वर्षको बजेटमा पर्यटनसँग सम्बन्धित पूर्वाधार, नीतिगत सुधार र कार्यक्रमगत पक्ष समेटिए पनि पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा प्रगति हुन नसकेको बताए। उनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विभाजनसम्बन्धी एजेन्डा कार्यान्वयन नहुँदा नेपालले युरोपसँग प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्न नसकेको बताए।

‘१४ वर्षदेखि प्रत्यक्ष युरोप कनेक्टिभिटी हुन सकेको छैन, जसका कारण उच्च मूल्यका पर्यटक बजारबाट नेपाल वञ्चित भएको छ,’ उनले भने। नेपालमा रहेका ५३–५४ वटा घरेलु विमानस्थलमध्ये करिब ३० वटा मात्र पूर्ण वा आंशिक रूपमा सञ्चालनमा रहेको उल्लेख गर्दै उनले बाँकी विमानस्थललाई निजी क्षेत्रमार्फत एयर स्पोट्र्स, तालिम केन्द्र वा अन्य पर्यटन गतिविधिका लागि प्रयोग गर्न दिनुपर्ने बताए।

उनले होटल क्षेत्रमा विद्युत् शुल्कमा सहुलियत दिने नीति कार्यान्वयन नभएको भन्दै त्यसले होटल उद्योगलाई समस्या पारेको बताए। हाल नेपालका होटलहरूको औसत अकुपेन्सी करिब ४० प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले लगानी टिकाउन र नयाँ लगानी आकर्षित गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताए।

जोशीले प्राकृतिक विपद्, अन्तर्राष्ट्रिय घटनाक्रम र निर्वाचनजस्ता कारणले लक्ष्यअनुसार पर्यटक आगमन हुन नसकेको भए पनि ‘नेपाल नाउ’ जस्ता पुनरुत्थान अभियानले पर्यटन पुनरुत्थानमा सकारात्मक प्रभाव पारेको बताए।

उनले भारतका सीमावर्ती शहरहरूमा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थललाई समेत उपयोग गर्दै नेपालमा पर्यटक भित्र्याउन सकिने बताए। त्यसका लागि नेपालतर्फको सडक तथा सतह यातायात पूर्वाधार सुधार आवश्यक रहेको उनको भनाइ थियो।

पर्यटन बोर्डको पुनर्संरचनाबारे बोल्दै उनले पर्यटन मन्त्रालयअन्तर्गत रहेका विभिन्न निकायहरूको समग्र पुनर्संरचना आवश्यक रहेको बताए। ‘पर्यटन बोर्डमात्रै होइन, मन्त्रालयअन्तर्गत रहेका सबै निकायलाई विशेषज्ञतामा आधारित संरचनामा लैजानुपर्छ,’ उनले भने।

जोशीले पछिल्ला वर्षहरूमा हिमाल, पहाड र तराईमा फरक–फरक प्रकृतिका प्राकृतिक विपद् बढ्दै गएको उल्लेख गर्दै पर्यटन क्षेत्रका लागि छुट्टै विपद् व्यवस्थापन र संकट समन्वय संयन्त्र आवश्यक रहेको बताए।

उनले पर्यटन क्षेत्रमा माग र आवश्यकताका आधारमा अनुसन्धानमुखी बजेट निर्माण गर्नुपर्नेमा जोड दिँदै हाल धेरै बजेट आवश्यकता भन्दा पनि पहुँचका आधारमा विनियोजन हुने गरेको टिप्पणी गरे।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...