CG Electronics
IME Life
NIMB

आईएमई मोटर्स ‘मोटुल इन्डिया एलिट क्लब’मा, नेपाली लुब्रिकेन्ट बजारमा उत्कृष्ट बजार हिस्सा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । आईएमई इलेक्ट्रिक नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो ।

छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भए पछि आईएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको हो । विश्वव्यापी रूपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो, जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ । विगत १५० वर्षभन्दा लामो समय देखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको कम्पनीको दाबी छ । मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डष्ट्रियल सेक्टरका लागि हाई–पर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।

मोटुल इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न गरेको हो । सो कन्फ्रेन्समा भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए । सो अवसरमा नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आईएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न रह्यो ।

उल्लेख्य बिक्री बढाए बापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो । आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई सो मान्यताले पुष्टि गरेको छ ।

आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित हुन सकेकोमा खुसी व्यक्त गरे । सीईओ पुराणिकले भने, “सो मान्यता आईएमई इलेक्ट्रिकको सम्पूर्ण टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण कार्य प्रगतिको परिणाम हो । यस्ता प्रतिष्ठित साथीहरूका बिचमा सम्मानित हुन पाउनु नै एक महत्त्वपूर्ण उपलब्धि हो र यो सम्मानले हाम्रो उद्योगमा गरिएको उत्कृष्टता र नवीनताप्रतिको प्रतिबद्धतालाई अझै सुदृढ बनाउँछ । म यस मान्यताका लागि मोटुललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु । आगामी दिनमा हाम्रो यो सफल साझेदारी निरन्तर रहने र अझै ठुला उपलब्धिका लागि साथै मिलेर काम गर्न तत्पर रहने छु ।”

यसैगरी आईएमई इलेक्ट्रिकले नेपाली लुब्रिकेन्ट बजारमा मार्केट लिडर बन्ने क्रमलाई तीव्रता दिइरहेको र यसका लागि मोटुलको रणनीतिक साझेदारी तथा ग्राहक सन्तुष्टिका लागि काम गरिरहेको कम्पनीले जनाएको छ ।

मोटुल इन्डियाका सीईओ नागेन्द्र पाईले ‘महत्त्वपूर्ण उपलब्धि सहित एलिट क्लबमा समावेश हुन सफल भएकोमा आईएमई इलेक्ट्रिक टिमलाई बधाई ज्ञापन गरे । आईएमई जस्तो महत्त्वपूर्ण साझेदार पाएकोमा गौरवान्वित भएको तथा यसबाट थप सफलता तथा सहकार्य लामो समय चल्ने अपेक्षा गरेको पनि सीईओ पाईले उल्लेख गरे ।

आईएमई ग्रुप नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह हो । सो ग्रुप अटोमोबाइल, बैंकिङ, रेमिटेन्स, ट्रेडिङ, आइटी, कम्युनिकेसन, टेक्नोलोजी, इनर्जी, टुरिजम, हस्पिटालिटी, होटल, इन्स्योरेन्स, लजिस्टिक, रिटेल, इन्फोटेनमेन्ट लगायतका विभिन्न व्यवसायमा संलग्न रहेको छ ।

 

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...