Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रमोकोड फोनपे डाइरेक्ट प्रयोग गरेर आईफोन १५ प्रो जित्न सकिने

Machhapuchchhre Bank Limited

 

ललितपुर । भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान “फोन पे डाइरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ।

 

यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीको भनाइ छ ।

यो अभियान २ महिनासम्म चल्नेछ भने भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई iPhone 15 Pro दिने मेगा उपहार योजना कम्पनीले सार्वजनिक गरेको छ। यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले Fonepay Direct बाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड “Fonepay Direct” राख्नुपर्ने छ भने अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर Fonepay Direct मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

 

“हामी “फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं” फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने, “यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।”

“पैसा पठाऔँ ठाउँ को ठाउँ” अभियानको बारेमा थप जानकारीका लागि: https://fonepay.com/blogs/Fonepay-Direct-Win-iPhone-15-pro

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:११

  काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष...

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...