Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

अस्ट्रेलियाकी राजदूत भोल्क फिर्ता हुनुअघि धमाधम विदाइ भेट गर्दै

 

काठमाडौं । अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क केही दिनमै स्वदेश फिर्ता हुँदैछिन् । सेवा अवकास लिएर स्वदेश फर्किनुअघि उनले नेपालका उच्चस्तरीय विदाइ भेट गरिरहेकी छिन् । यही अगष्टमा उनी स्वदेश फर्कने बताएकी छिन् ।

बुधबार सभामुख देवराज घिमिरेसँग भोल्कले बिदाइ भेट गरिन् । भेटमा सभामुख घिमिरेले नेपालको लागि अस्ट्रेलियन राजदूतको रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई ज्ञापन गरे। सभामुख घिमिरेले नेपाल र अस्ट्रेलियाबीच यस वर्ष सम्पन्न व्यापार र लगानीसम्बन्धी सम्झौता (टिफा)को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गरे ।

नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउन द्विपक्षीय भ्रमणको आदान–प्रदान, नेपाल–अस्ट्रेलिया संसदीयमैत्री समूहको गठनलगायतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सभामुखको भनाइ थियो। उनले अस्ट्रेलिया सरकारले कोभिड–१९ तथा जाजरकोट भूकम्पका समयमा नेपाललाई प्रदान गरेको मानवीय सहायताप्रति धन्यवाद व्यक्त गरे।

 

राजदूत भोल्कले नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा पनि उच्चस्तरीय भ्रमण तथा सहयोग जारी रहने बताइन् । त्यस्तै यसअघि उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेकी थिइन भने प्रधानसेनापति प्रभुराम शर्मासँग पनि विदाइ भेट गरेकी थिइन ।

भोल्कसँगको भेटमा यादवले नेपालको लागि अस्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गरेका थिए । एकसाता अघि नै नेपाल कानुन समाजले भोल्कको बिदाइ समारोहको आयोजना गरेको थियो ।

उनले नेपाल र अस्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो ।

सन् २०२१ मा नेपालको राजदूत नियुक्त भएकी भोल्क अस्ट्रेलियन सरकारको परराष्ट्र मामिला विभागको उच्च अधिकारी हुन्। साढे तीनवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किने तयारी गरिरहेकी छिन् ।

नेपालमा रहँदा उनले देशका विभिन्न स्थानको भ्रमण गर्दै सांस्कृतिक आदनप्रदानमा सहभागिता जनाएकी थिइन । उनले नेपाली सांस्कृतिक पोसाकमा तस्विरहरु खिचेर नेपालीहरुको मन तानेकी थिइन ।

अस्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रूपमा नियुक्ति गरिसकेको छ । यसअघि नाइजेरियाको अबुजामा कार्यवाहक अस्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।

 

 

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...