Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

प्रधानमन्त्रीसँग उपत्यका मेयर्स फोरमको भेट केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह

 

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।

उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिनुभएको हो ।

“जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।”

उक्त फोरमले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । उहाँले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गर्नुभयो ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरु प्रतिबद्धता रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ माग्नुभएको थियो ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...