Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कोका-कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम २०२४ ले गर्यो विजेताहरू घोषणा

Machhapuchchhre Bank Limited

काठमाडौं । कोका-कोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ ।

यो कार्यक्रम कोका-कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्दछ ।

सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौँ, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यवसायिक योजनाका प्राप्त भएको थियो ।

कार्यक्रम बारे बोटलर्स नेपालका म्यानेजिङ्ग डाईरेक्टर दीपक सेन्थिल नाथले यस्तो कार्यक्रमले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिने र दिगो विकासलाई टेवा दिने बताए ।

आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० जना विजेताहरु चयन भएका छन् । जसमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनौट भएका छन् ।

कार्यक्रमभर विजेताहरुले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता विषयमा केन्द्रित रहेर विभिन्न सत्रमा भाग लिएका थिए ।

कार्यक्रमबारे कम्पनीका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले महिला सशक्तिकरण बलियो समुदाय निर्माणको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो प्रोगाम धेरै महिलाहरूको लागि आशा र अवसरको ज्योति भएको बताए । त्यसैगरी, एटेलियर प्लेटफर्म प्रालिका संस्थापक रितु गुरुङले साझेदारीमार्फत युवा महिला उद्यमीहरूको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरू सृजना गर्न पाउँदा खुशी लागेको बताइन् ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथलगायतका अन्य पदाधिकारी तथा एटेलियर प्लेटफर्मका संस्थापक रितु गुरुङ केसीले विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सहभागीहरूले आफ्ना विभिन्न नवीन, समसामयिक र प्रतिभाशाली अवधारणाहरू र व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए ।

निर्णायक मण्डलको मुल्यांकनपछि रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, श्रेया मल्ल र शालु थापाको नेतृत्वमा रहेको पाल तथा प्रतिमा बस्याल र प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो । साथै प्रत्येक व्यवसायले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

महिलाहरूको आर्थिक सशक्तिकरणमा ध्यान केन्द्रित गरेर समृद्ध र साझा भविष्यतर्फ डो¥याउने पारस्परिक लाभहरू उत्पन्न गर्ने प्रयास गर्दै आएको कम्पनीले बताएको छ ।

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:११

  काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष...

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...