API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

काभा वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान ल्याउने राष्ट्रिय खेलाडी सम्मानित

 

ललितपुर । सैबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टीमका कप्तान मानबहादुर श्रेष्ठ र राष्ट्रिय खेलाडी दीलबहादुर सुनारलाई सम्मान गरेको छ । भुटानको थिम्पुमा अगष्ट १ देखि ३ तारिखमा सम्पन्न सेन्ट्रल जोन एशियन भलिबल एसोसिसन(काभा) वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान(फस्ट रनरअप)हासिल गरेका दुई खेलाडीलाई सम्मान गरेको हो ।

 

प्रतियोगितामा कप्तान श्रेष्ठ र सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा माल्दिभ्सले पहिलो स्थान हासिल गरेको थियो । सम्मान कार्यक्रममा क्लबका अध्यक्ष धिरज कुँबरले सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा , समाजसेवी हरिकुमार थापा, सर्कलका वरिष्ठ सदस्य गोपालराम पौडेलले कप्तान श्रेष्ठ र खेलाडी सुनारलाई सम्मान गरेका थिए ।

सम्मानित मध्ये राष्ट्रिय खेलाडी एवं कप्तान श्रेष्ठ सैंबु भलिबल क्लबका कार्यकारी सदस्य हुन । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय कप्तान श्रेष्ठले सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताए । खेलकुदलाई कसरी अघि बढाउने र यस स्थानलाई परिचय गराउने भन्ने विषयमा गहन छलफल गर्नुपर्ने बताए । उनले सैंबु भलिबल क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुपर्ने बताए ।

कार्यक्रममा सैबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापाले राष्ट्रिय खेल भलिबल खेललाई अघि बढाउन खेलाडी सम्मान कार्यक्रम महत्वपुर्ण रहेको बताए ।

दुईजना खेलाडीले नेपाल र सैबुको नाम उच्च स्थानमा राख्न सफल भएकोमा शुभकामना दिएका थिए । कार्यक्रमा क्लबका सचिव सुरेन्द्र थापा मगर, नेपाल क्योकुसिन कराटे महासंघका अध्यक्ष शालिकराम कुँबर लगायतले शुभकामना दिएका थिए ।

 

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...