ntc.net.np
Ncell NPL
NIMB

एमबाप्पेको डेब्यु र गोलमा रियल म्याड्रिड सुपर कप च्याम्पियन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ ।
फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला–लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको हो ।

रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो ।

रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे । एमबाप्पे यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट फ्रि ट्रान्सफरमा म्याड्रिडमा अनुबन्ध भएका थिए ।

वार्सा पोल्यान्डमा बिहीबार राति भएको खेलमा रियलले एटलान्टाविरुद्ध आफ्नो पहिलो रोजाईकै टोली उतारेको थियो । फेडे भाल्भर्डेले गोलको सुरुवात गरेको ९ मिनेटपछि डेब्यु खेल खेलिरहेका एमबाप्पेले गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

त्यसपछि ५९औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । भिनिसियसले एक खेलाडीलाई बिट गर्दै जुड बेलिङहमबाट आएको पासमा पछिल्लो ग्यालेक्टिकोको लागि डेब्यु गरिरहेका एमबाप्पे चुकेनन् ।

एम्बाप्पे क्लबका लागि आफ्नो प्रतिस्पर्धात्मक डेब्युमा गोल गर्ने पहिलो म्याड्रिड खेलाडी हुन् । १२ महिनाअघि बेलिङहमले एथलेटिक बिल्बाओविरुद्धको खेलमा गोल गरेका थिए । त्यसअघि सन् २०१६ मा मार्को एसेन्सियोले सेभियाविरुद्ध सुपर कपमा गोल गरेका थिए । रियल म्याड्रिडको यो छैटौं सुपर कप उपाधि हो ।

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा...

वि.सं.२०८२ चैत २९ आइतवार १३:३१

  काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र...

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति...

वि.सं.२०८२ चैत २८ शनिवार २०:०९

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा...

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः...

वि.सं.२०८२ चैत २८ शनिवार १९:२१

  काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल...

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:१०

  एजेन्सी । हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा...