BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

साफ यु–२० च्याम्पियनसिपका लागि विदेशी टोली आउन थाले

 

काठमाडौं । अखिल नेपाल फुटबल संघले अगष्ट १८ देखि २८ सम्म साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ ।

विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी गराएका छन् ।

प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–२० टोली प्रशिक्षक उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको छ । प्रतियोगिताको उदघाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरु दशरथ रंगशालामा हुनेछन् ।

एन्फा कम्प्लेक्समा भएको खेलको टिकट दर रु तीनसय कायम गरिएको छ भने दशरथ रंगशालामो टिकट दर साधारण पारापिटतर्फ रु दुईसय र भीआइपी पारापिटतर्फ रु पाँचसय कायम गरिएको छ ।

प्रतियोगिताको लागि सहभागी राष्ट्रहरु मध्ये माल्दिभ्सको टोली आइसकेको छ भने श्रीलंका, भारत र भुटान भोली शुक्रबार आइपुग्नेछ ।

यस्तै, बंगलादेशको टोली शनिबार आइपुग्नेछ ।
सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान, लगनखेल खेल मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको अनुमानित बजेट रु ३,१०,५३,९०० (२३८,८७६ अमेरिकी डलर) रहेको छ ।

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:५२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता...

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:४५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा...

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३५

  काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई...

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था गरौं : अर्थमन्त्री पौडेल

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको...

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:५५

  काठमाडौं । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको...

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा...

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२९

  काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१...