Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सामाजिक सञ्जाल नियमन गर्न कानूनको ड्राफ्ट तयार गर्नुपर्छ : मन्त्री गुरुङ

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानूनको ड्राफ्ट तयार भएको बताएका छन् ।

शुक्रबार गुरुङ सम्पदा पदमार्ग ‘गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल’ को शुभारम्भ तथा नक्सा विमोचन कार्यक्रममा उनले नियमन गर्ने कानून नहँदै समस्या भएको भन्दै यसको लागि मन्त्रालयमा कानूनको ड्राफ्ट तयार भएको बताएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानून चाहियो, अहिले मन्त्रालयमा त्यो कानूनको ड्राफ्ट बनाउदैछाँै । केही समयमा मन्त्रिपरिषद्मा पुगेर अर्थ र कानून मन्त्रालयको सहमती लिएर संसदमा पेश गर्छाै । यो वर्षभित्र हुन्छ । सूचना प्रविधि सम्बन्धी कानून पनि संशोधन गर्नुपर्नेछ ।’ यसको साथै, व्यवसायीहरुले पनि धेरै दुषित प्रतिस्पर्धा गर्ने गरेको भन्दै सबैलाई नियमन र व्यवस्थित गर्न नसक्दा अराजकता आएको पनि बताए ।

उनले भने, ‘हामीले सबैलाई नियमन र व्यवस्थित गर्न नसक्दा भद्रगोल, अराजकता, सबै भएको हो । व्यवसायीहरुले यति धेरै दुषित प्रतिस्पर्धा गर्छन् । उसको विरुद्धमा केही भयो भने सरकारविरुद्ध मुद्धा हानि हाल्छ काम गर्नै दिँदैन् । हाम्रो यो दूरसञ्चारको क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने छ । यसको लागि कानून चाहिन्छ, कानूनले बाधेको नै छैन् ।’ यस्तै, पर्यटनको उत्थानको लागि सरकारले बनाएको अन्तराष्ट्रिय विमानस्थल अधिकतम रुपमा प्रयोग गर्नुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘गौतम बुद्ध र पोखरा दुईवटा अन्तराष्ट्रिय विमानस्थल जुन बनाएको छ । यी विमानस्थलहरुलाई सञ्चालन गर्नुपर्यो नि, ऋणमा बनेको छ हामीले ऋण खाएर बसेको छ त्यो तिर्नु परेन त्यसको लागि ती विमानस्थलहरु चल्नु परेन, पर्यटनको उत्थानको लागि यस्तो बनेको ठाँउहरुलाई राज्यले अधिकतम रुपमा प्रयोग गर्नुपर्यो नि, अन्तराष्ट्रिय विमानस्थलहरु चल्ने वित्तिकै अन्तराष्ट्रिय स्कुल, उद्योग पनि स्थापना हुन सक्छ । अब हामीले ती अन्तराष्ट्रिय विमानस्थल चलाउने भनेपछि केही गर्नको लागि पनि काठमाडौं आउन नपर्ने गरि व्यवस्था गर्नुपर्छ ।’

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् :...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५३

  काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले...