Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको उदघाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताएका हुन् ।

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्याे । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए ।

यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकुन् । सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखकले भने । यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उदेश्य प्रस्ट पारे ।

‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर भनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो ।

आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,’ उनले भने, ‘यो सरकारको उदेश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।’ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।

‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबिच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौं । उर्जाशिल प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौँ,’ उनले भने ।

साथै उनले विकास निमार्णका कामहरुलाई द्रुत गतिका अघि बढाउनका लागि यो सरकार गठन भएको बताए । उनले भ्रष्टाचार नियन्त्रण र मुलुकमा शुसासन कायम गर्न यो सरकार बनेको बताए ।

उनले भने, ‘विधिको शासन स्थापित गर्न र समग्रमा संविधान र यो व्यवस्थाले अबलम्बन गरेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशि चरित्रताको राज्य निर्माण गर्ने हाम्रो लक्ष्यलाई सदृढितापूर्वक कार्यान्वयन गर्ने उद्देश्यका साथ सरकार बनेको हो ।’

 

 

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...