Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापी नहुने बताएका छन् ।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उदघाटन कार्यक्रममा बोल्दै उनले, सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताए ।

उनले भने,‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिंदैन । अहिलेको सरकारले कसैलाई फसाऔं भनेर आदेश दिँदैन । ढुक्कले काम गर्नुहोस् ।

निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं ।

औचित्यको आधारमा सरुवा गरिने छ । सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस् ।’
उनले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिन नहुने भन्दै अब पुरानो शैलीमा अपराध नियन्त्रण गर्न नसकिने बताए ।

उनले भने,‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन । म तपाईहरुले सुझाव दिन चाहन्छु ।

पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ । अब स्रोत, साधनले सम्पन्न बनाएर तपाईहरुको अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ ।

अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ । यसो भयो भन्े अपराधिको मानसिकता फैलिँदैन् । ’

 

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...