Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

अर्थमन्त्रीको आग्रह : ‘मन्त्रीलाई भाषण गर्न नबोलाइदिनुस्, काम गर्न दबाब दिनुस्’

Machhapuchchhre Bank Limited

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई भाषणमा समय व्यतित गर्नुभन्दा काम गर्न दबाब दिन नीजि क्षेत्रसँग आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो सो, २०२४को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै मन्त्रीले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा बोलाउनुभन्दा काम गर्ने वातापरण बनाइदिन आग्रह गरे ।

उनले भने, मन्त्रीलाई एउटा अप्ठेरो हँुदो रहेछ, काम गर्ने कि भाषण गर्ने ? अहिले मन्त्रीहरुलाई भाषण नभई काम गरेर समयको उपयोग गर्नुपर्छ भन्ने लाग्छ । तर के नीजि क्षेत्रका छाता संगठनहरु छन् ।

उहाँहरुले महत्वका साथ बोलाउनुहुन्छ । न आउँ यथोचित आधार मर्यादा भएन भन्ने लाग्छ । आउँ समय भाषण गर्नमा व्यतित हुन्छ ।

त्यसकारण अर्थमन्त्रीले सुन्नेपर्ने, गर्नैपर्ने र आउनै पर्ने बाहेकका काम गर, भाषण कम गर भनि सहजिकरण गरिदिनहुन सादर अनुरोध गर्दछु ।’

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन नीजि क्षेत्रलाई सुझाए ।

त्यस्तै, उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे । ‘अहिले बनेको सरकार संसदले बनाउने सबैभन्दा स्थिर सरकार हो ।

यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ । त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमाण्ड छ, सरकारले जायज भन्छ । यो सरकार सबै नेपालीको हो ।’उनको भनाइ थियो ।

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...