CG Electronics
IME Life
Ncell NPL

नेपाली अर्थोडक्स चियाको बजार विस्तार गर्न ‘चिया प्रतिस्पर्धा’

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारिकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरुको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारिकरणका लागि भारतिय बजारको विकल्प खोज्नुपर्ने बेला भएको बताए ।

उनले भने, ‘नेपालको अर्थोडक्स चिया हाम्रो परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा हो । नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाहरूको बीचमा उभिन सक्ने सम्भावना राख्दछ । अब नेपाली चियाको बजारिकरणका लागि भारतीय बजारको विकल्प खोज्नु पर्दछ । यसको लागि चियाको अक्सन विकल्प हुन सक्ने महशुस गरेको छु ।

नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्नेछु ।’त्यस्तै, मन्त्री अधिकारीले यस्ता चिया प्रदर्शनी कार्यक्रमले स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्नेछ विश्वास व्यक्त गरे ।

उनले नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकाले नेपाली चियालाई उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगीहरू बाध्य हुने गरेको बताए ।

उनले भने, ‘नेपाली उत्पादनलाई अन्तरिक बजारमा यसको खपत वृद्धि गर्न यस प्रकारको कार्यक्रम आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।

 

यस प्रकारको कार्यक्रम आयोजनाले हाम्रो ध्यान उत्पादनको गुणस्तर सुधारमा केन्द्रित गराउन, जैविक र दिगो खेती प्रणालीलाई कायम साथै निरन्तरता दिनलाई प्रोत्साहन गर्ने छ । यस प्रकारको कार्यक्रम आयोजनाले हाम्रा नागरिकहरूलाई नेपाली चियाको उच्च गुणस्तरको बारेमा जागरूकता पैदा गर्नेछ ।’

निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको समेत उनको भनाइ छ ।

 

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...