Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाली अर्थोडक्स चियाको बजार विस्तार गर्न ‘चिया प्रतिस्पर्धा’

Machhapuchchhre Bank Limited

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारिकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरुको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारिकरणका लागि भारतिय बजारको विकल्प खोज्नुपर्ने बेला भएको बताए ।

उनले भने, ‘नेपालको अर्थोडक्स चिया हाम्रो परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा हो । नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाहरूको बीचमा उभिन सक्ने सम्भावना राख्दछ । अब नेपाली चियाको बजारिकरणका लागि भारतीय बजारको विकल्प खोज्नु पर्दछ । यसको लागि चियाको अक्सन विकल्प हुन सक्ने महशुस गरेको छु ।

नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्नेछु ।’त्यस्तै, मन्त्री अधिकारीले यस्ता चिया प्रदर्शनी कार्यक्रमले स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्नेछ विश्वास व्यक्त गरे ।

उनले नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकाले नेपाली चियालाई उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगीहरू बाध्य हुने गरेको बताए ।

उनले भने, ‘नेपाली उत्पादनलाई अन्तरिक बजारमा यसको खपत वृद्धि गर्न यस प्रकारको कार्यक्रम आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।

 

यस प्रकारको कार्यक्रम आयोजनाले हाम्रो ध्यान उत्पादनको गुणस्तर सुधारमा केन्द्रित गराउन, जैविक र दिगो खेती प्रणालीलाई कायम साथै निरन्तरता दिनलाई प्रोत्साहन गर्ने छ । यस प्रकारको कार्यक्रम आयोजनाले हाम्रा नागरिकहरूलाई नेपाली चियाको उच्च गुणस्तरको बारेमा जागरूकता पैदा गर्नेछ ।’

निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको समेत उनको भनाइ छ ।

 

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...