Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल प्रहरी ऐन संशोधनसहित गृह मन्त्रालयबाट पारित

Machhapuchchhre Bank Limited

 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन २०१२ संशोधनसहित गृहमन्त्रालयबाट पारित भएको बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले नेपाल प्रहरी सम्बन्धी ऐनलाई नयाँ ऐन बनाउने गरेर विधेयक गृहमन्त्रालयबाट पारित भएको भन्दै छिटोभन्दा छिटो विधेयकलाई संसदमा पेश गर्ने योजनामा रहेको बताए ।

उनले भने, ‘नेपाल प्रहरी ऐन २०१२ कै सक्रिय छ । अब नेपाल प्रहरी ऐन २०१२ लाई विस्थापित गरेर समसामयिक, आधुनिक, परिमार्जित नयाँ कानून ल्याउनुपर्छ भनेर मैंले पहलकदमी लिएको हुँ । अहिले प्रहरी सम्बन्धी ऐन नयाँ ऐन बनाउने गरेर विधेयक गृहमन्त्रालयबाट पारित भइसकेको छ । सहमतिका लागि अर्थ मन्त्रालयमा गएको छ । अब चाँडै संसदमा पेश गर्ने योजना छ ।’


यस्तै, उनले निर्वाचन सम्बन्धी ऐन रहेको नौं वटा कानूनलाई परिमार्जन गरेर एउटै कानून बनाउने प्रक्रिया अगाडि बढेको पनि बताए ।

उनले भने, ‘निर्वाचन सम्बन्धी ऐन नौं वटा छ । कानूनलाई एकीकृत गरेर र परिमार्जन गरेर आठ कानूनलाई विस्थापित गर्दै एउटा निर्वाचन ऐन बनाउने प्रक्रिया अघि बढेको छ । विधेयकका रुपमा यहाँबाट पारित गरेर त्यो पनि अर्थमा पुगेको छ ।’

स्थानीय शान्ति सुरक्षाका कानूनहरुलाई पनि समसामयिक रुपले परिमार्जन गर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै शसस्त्र प्रहरी सम्बन्धी नयाँ कानून निर्माण गर्नका लागि अन्तिम मस्यौदा तयार गर्ने चरणमा रहेको उनको भनाई छ ।

उनले विपद्का कारणले पूर्ण रुपमा क्षती भएका मानिसको लागि अस्थायी घर निर्माणको कार्यविधिले पूर्णता पाएको पनि जानकारी दिए । नयाँ घर निर्माणका लागि पनि प्रक्रिया अगाडि बढि सकेको बताए ।

नेपाल प्रहरीलाई बलियो र प्रभावशाली, क्रियाशील संगठनका रुपमा तयार गर्नका लागि कानून बनाएर अगाडि बढ्ने केन्द्रीय विषय भएको उनको भनाइ छ ।

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...