CG Electronics
IME Life
NIMB

उर्जा निर्यातका वाधक कानून संशोधन गरिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले उर्जा निर्यात गर्ने उद्देश्य पूरा गर्न बाधक हुने कानूनहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

 

शुक्रबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा उनले आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुको साथै सोही उत्पादनलाई निर्यात गरेर आयआर्जन गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य सरकारको रहेको भन्दै यो काम पूरा गर्न आवश्यक पर्ने कानूनहरुको संशोधन हुनुपर्ने बताए ।

उनले भने, ‘हाम्रा आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुका साथै उत्पादनलाई निर्यात एवम विक्री गरेर, आयआर्जनमार्फत मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । यो हामी सबैको साझा दायित्व, सोच र चिन्तन हो । यो काम गर्नका लागि आवश्यक पर्ने कानूनहरुको संशोधन, परिमार्जित र व्यवस्थन गर्न आवश्यक छ । आन्तरिक आवश्यकता पूरा भएपश्चात निर्यात गर्ने उद्देश्यमा बाधक हुने कानूनहरु संशोधन गरेर अगाडि बढ्ने हो ।’

यस्तै, उनले देशको आन्तरिक आवश्यकतालाई परिपूर्ति गरेपछि निर्यात गर्ने विषयमा सबैको एकमत रहेको बताए ।
प्रशारण लाइनको माध्यमबाट कतिपय ठाउँका आवश्यकताहरु भूगोलको हिसाबले पुर्याउन नसक्ने भन्दै यसमा नविकरण उर्जाको सहयोग आवश्यक हुने पनि उनको भनाई छ ।

 

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी...

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२१

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी...

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले किसानलाई गलत दिशातर्फ धकेल्ने खतरा : दिपेश नेपाल

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१७

  काठमाडौं । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले...