CG Electronics
IME Life
NIMB

किसान सूचिकरणको काम यसै वर्षभित्र सम्पन्न हुन्छ  : मन्त्री अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् । उनले सूचिकरण वर्गिकरण गर्दै वितरणको प्रकृया पनि सुरु गर्ने उद्देश्य राखेकोे भन्दै त्यसमा सबै प्रदेशको र पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी रहेको बताए ।

उनले भने,‘किसान सूचिकरणका सन्दर्भमा हामीले यसै वर्षभित्र सक्ने उद्देश्य बोकेका छौं । त्यति मात्र होईन यसै वर्ष हामीले सूचिकरण वर्गिकरण गर्दै हामीले कम्तिमा वितरणको प्रकृया पनि सुरु गरौं भन्ने उद्देश्य राखेका छौं । यसमा सबै प्रदेशको तर्फबाट र सबै पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी मैले महशुस गरेको छु ।’

उनले बाली बीमाका सन्दर्भमा प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको जानकारी गराए । अनुदानको विषयमा कृषि मन्त्रालयलाई धेरै आरोपहरु लाग्ने गरेको भन्दै पालिका र प्रदेश तहसँगको समन्वयमा संयन्त्र बनाएर अनुदानको व्यवस्था गर्ने सोच अगाडि सारेको पनि उनले बताए ।

उनले भने,‘बाली बीमाका सन्दर्भमा हामीले प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको छ ।

अनुदानको विषयमा कृषि मन्त्रालयलाई लाग्दै आएका आरोपहरु छन् । यसमा पालिका तह र प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर त्यो अनुदानको व्यवस्था गर्न ठिक होला कि भन्ने सोच पनि हामीले अगाडि बढाएका छौं ।’

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...