Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

जनतालाई सेवा डेलिभरी गर्न कर्मचारी संयन्त्रसँग सहकार्य जरुरी  : मन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले सरकारले सहज रुपमा डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता २०८१ कार्यक्रममा उनले अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टि आइरहेको भन्दै डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टिका रुपमा आइरहेका छन् । त्यसलाई व्यवस्थित गर्न डेलिभरी गर्ने स्थिति निर्माण गर्ने सन्दर्भमा राजनीतिले कर्मचारी संयन्त्रसँग सहकार्य गर्न सक्नुपर्छ । कर्मचारी संयन्त्रको क्षमता प्रयोग गर्न सक्ने स्थिति निर्माण गर्न सक्नुपर्छ ।’

उनले अस्पतालहरुको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गनुपर्ने र उपकरणमा थुप्रै लागत लाग्ने स्थिति रहेको भन्दै त्यो आर्थिक क्षमतापनि राज्यसँग नभएको स्थिति रहेको गुनासो गरे । क्षमता पूर्ण नहुँदा पनि कसरी प्रभावकारी सेवा पु¥याउन सकिन्छ भनेर प्रयास गरिरहेको उनको भनाई छ ।

उनले भने,‘अस्पतालहरुको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गनुपर्ने स्थिति छ । त्यसमा पनि आर्थिक सरकारको छैन् । उपकरणमा थुप्रै लागत लाग्ने स्थिति छ तर त्यो क्षमतापनि राज्यसँग नभएको स्थिति छ ।

सेवा प्रभावकारी आजै चाहिएको छ । आवश्यकता अनुसार क्षमतालाई पूर्ण बनाउन सकेको स्थिति छैन् । त्यसैले क्षमता पूर्ण नहुँदाँ पनि कसरी प्रभावकारी सेवा पु¥याउन सकिन्छ भनेर हामी प्रयास गरिरहेका छौं ।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...