API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट तथा छलफल

काठमाडौँ । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।

यसै क्रममा सियामका सहसभापती यसपाल साँच्चरको नेतृत्वमा काठमाडाैंमा आइपुगेको सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (SIAM) का २५ सदसिय प्रतिनिधि मण्डलले अर्थमन्त्रीसँग भेटगरी नेपाल र भारत बीच नेपालमा अटोमोवाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने, लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरिएको थियो ।

नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र माननीय उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा छलफल गरेको थियो ।

 

सो प्रतिनिधि मण्डलमा धेरै जसो ठूला ठूला Original Equipment Manufacturers (OEMs)को उपस्थिति सहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपाङ्ग्रे सवारी साधन) को सहभागिता रहेको थियो । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमति पनि गरेको थियो ।

उक्त छलफलम सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता, इत्यादिलाई सरकारको दुरदृष्टी अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउनेछ । नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका ​​लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो ।

 

नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको South Asian Automotive Forum (SAAF)लाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।

नाडाले यस्तो भेटघाटबाट नेपाल भारतबीचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविश्य मै केही परिणाम समेत आउने अपेक्षा राखेको छ । उक्त प्रनिधिमण्डलमा नाडाकोतर्फबाट उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

 

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय...

वि.सं.२०८१ माघ ५ शनिवार २२:३९

काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ...

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई सहयोग कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:५२

  काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा...

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २०...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:३५

  काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२७

काठमाडौं । कामना सेवा विकास बैंकले ३३ हजार ८५२ कित्ता...

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२४

  काठमाडौं। सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको...

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२२

  काठमाडौं । नेपाल एसबिआई बैंकको प्रबन्धक संचालक तथा प्रमुख...