CG Electronics
IME Life
NIMB

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस’ अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिले संयुक्त आयोजना गरेको एक्स्पो २३ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोको उदघाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अबको १० वर्षमा २८ हजार पाँच सय मेघावट विद्युत उतपादन गर्ने र आन्तरिक खपत बढाउने सरकारको लक्ष्यमा यस्तो किसिमको विद्युतिय अन्तराष्ट्रिय प्रदर्शनीले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नेपालमा महिलाहरुले मूलुकलाई विकास गर्न सहयोग गर्ने समय घरमा धेरै खर्च गर्नुपर्ने समया पनि यस्तो प्रर्दशनीबाट समाधान हुने उनको भनाई छ ।

उनले भने,‘हामी २८ हजार पाँच सय मेघावट विद्युत अबको १० वर्षमा उत्पादन गर्ने २० हजार मेघावट विक्री गर्ने र आन्तरिक खपत बढाउने प्रयत्नमा छौं । त्यसमा यस्ता इलेक्ट्रोनिक, घरायसी उपभोग्य वस्तुहरुले आन्तरिक खपत बढाउन सहयोग पुग्छ । नेपालमा महिलाहरुले घरमा धेरै समय विताउनुपर्ने अवस्था छ । मूलुकलाई विकास गर्न सहयोग गर्ने समय त्यहाँ खर्च गुर्नपर्ने विषयलाई पनि यसले छोटो बनाएर सहयोग गर्छ ।’

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहेका छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङं सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

विद्युतीय उपकरणहरुलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यथामा, तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनीको समुद्घाटन समारोह

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...