CG Electronics
IME Life
NIMB

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ । सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्दछ ।

फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्री वापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ ।

यस सम्बन्धी घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीवापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गर्नुभयो । यो पहलले कुनै पनि कार्यमा महत्पूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बीवाईडी र साइमेक्सको सामुहिक लक्ष्यतर्फ संकेत गर्दछ ।

यसका साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गर्नुभयो । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने नेतृत्वको अटल समर्पणलाई यसले प्रतिविम्वित गर्दछ ।

शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरुलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुुनेछ । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पु¥याउन समर्पित गरिने छ ।

 

बीवाईडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई ज्ञापन गर्नुभयो ।

लिउ स्वेलियाङले जोड दिएर भन्नुभयो, ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहल मात्र होइन, यो सबैको सुन्दर भविष्यका लागि हाम्रो प्रतिबद्धता समेत हो । हामी व्यवसाय भन्दा पर रहेर समाजमा योगदान दिने कुरामा विश्वास गर्दछौ र यसका लागि स्थायी र सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध छौ ।’

यो फाउन्डेसन साइमेक्स इंक र बीवाईडीको सामाजिक हितको लागि समर्पणको प्रमाण हो, जसले यसलाई व्यावसायिक उद्यम मात्र नभई दिगो विकास र सकारात्मक परिवर्तनको संवाहक समेत बनाएको छ ।

 

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...