CG Electronics
IME Life
NIMB

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

NIMB
Himalayan Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषि प्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहमभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।

त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्ञ्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘आधुनिक प्रणाली र ठुलो मात्राको उत्पादनले बजार पाउँछ । हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ ।

व्यापार घाटा कम गर्न तथा निर्यात र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनुुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘वन क्षेत्र भनिएका तर वन नभएका खाली ठाउँमा कृषि र फलफूूल खेती गर्न मिल्ने हामी निर्णय गर्दैछौँ । यसरी जाँदा राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जानेछ र आत्मर्भिरता बढ्नेछ ।’

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...