Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

kumari  bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

उनले बसोबासका लागि आवश्यक हुने घर जग्गाको कारोबार नियमितरुपमा हुने भए पनि धेरै लगानी गरेर लामो सयम खाली हुने अपार्टमेन्टहरु सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास दिए ।

महासङ्घका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले व्यवस्थित एवं वैज्ञानिक सहरीकरण विकास गर्न, काठमाडौं महानगरपालिकाबाट सूचना गरिएको नदी किनाराबाट थप २० मिटरको मापदण्ड कार्यान्वयन हुन नहुने, निजी क्षेत्रको सहकार्यमा जग्गा विकास कार्यक्रम ल्याउनुपर्ने, सहरी विधेयक ल्याउनुपर्ने, घरजग्गा कारोबारलाई डिजिटलाइज्ड गर्नुपर्ने लगायत मागपत्र बुझाएको थियो ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...