Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

बहुप्रतिक्षित टाटाको इभि पन्च, भव्यताका साथ एकैपटक चार शहरमा लन्च

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च इभि चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका थिए ।

टाटा पन्च ईभीको प्रारम्भिक मूल्य रु. ३३ लाख ९९ हजार तोकिएको छ । पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले द्यल्ऋब्ए मा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:४४

  काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन...

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३८

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख...

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३०

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी...

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान पीभीसी पाइप उत्पादनमा विशेषज्ञता

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:२२

  ७ फागुन २०८१, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले...

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:१४

  काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा...

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:०६

  काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ।...