CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंकको २४औँ वार्षिकोेत्सव तथा चाडपर्व लक्षित अफर संचालनमा

NIMB
Himalayan Bank

काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउदैँ गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा अफरै अफरहरु संचालनमा ल्याएको छ । बैंक असोज १७ गते बाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४आंै वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ ।

 

जसको फाईदा ग्राहक महानुभावहरुले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ्ग MBL M SMART,डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्नेछन् ।बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ्ग MBL M SMART,डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको बैंकले जनाए ।

जस अन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहक महानुभावहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ्ग MBL M SMARTसेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ ।

 

यसै क्रममा बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यसका साथै बैंकले असोज १ देखि १८ गते सम्मको लागि डिजिटल कारोवारको प्रोत्सहान र प्रर्वधनको लागि बैंकको आधिकारीक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहक महानुभावहरुको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने छ र सही उत्तर दिने सहभागीहरु मध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सकिन्छ।साथै यस क्यामपिएन अवधीभर बैंकबाट जारी डिजिटल माध्यमहरुबाट कारोबार गर्ने ग्राहकहरु र डिजिटल भुतmानी लिने मर्चेन्टहरुका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजित विविध उपहारहरु जस्तैः टिभि, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरु प्रदान गर्ने बैंकको भनाइ छ ।

 

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...