CG Electronics
IME Life
Ncell NPL

सिड्स फर द फ्युचर : नेपाली विद्यार्थीहरूद्वारा चीनको परिवर्तनकारी यात्राको सुरुवात

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ह्वावेको अत्याधुनिक भविष्यमाथिको प्रतिबद्धता, प्रतिभा तथा परम्परा आदानप्रदान कार्यक्रम अन्तर्गतका सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने भएका छन् ।

यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो, जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्याउन सहयोग गर्ने दाबी छ ।

कडा प्रतिस्पर्धा र मूल्याङ्कन प्रक्रियापछि यी ६ विद्यार्थीहरू आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की, ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन् । उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् ।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिने दाबी गरिएकाे छ । साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउने छन् ।

प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तक्र्रिया गर्ने, र तिव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्ने ह्वावेको दाबी छ ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...