Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले सुरु गर्‍यो बाइ नाउ, पे लेटर

काठमाडौँ । नेपालको अनलाइन मार्केटप्लेस ‘हाम्रो बजार’ले फोनलोनसँगको सहकार्यमा “बाइ नाउ, पे लेटर” फिचर सार्वजनिक गरेको छ। फिचरलाई ‘हाम्रो बीएनपीएल’ नाम दिइएको छ।

अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्नेछन्। किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने कम्पनीकाे विश्वास छ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन्।

 

हाम्रो बीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन। ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन्। हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन्।

आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन्।

 

‘हाम्रो बीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन। यो नेपाली उपभोक्ताहरुका लागि इ-कमर्समा गेमचेन्जर फिचर हो। हाम्रो बजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौं। यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ,’ फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने।

 

फोनलोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्यम रहेकाे कम्पनीकाे दाबी छ। यसले योग्य प्रयोगकर्ताहरुलाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ। जसका लागि विभिन्न बैंकहरुसँग सहकार्य गरिरहेको छ।

हाम्रो बजारका अनुसार याे नेपालको सबैभन्दा ठूलो मार्केटप्लेस हो। हाम्रो बजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन्। भरपर्दो प्लाटफर्मकोरुपमा हाम्रोबजार गुणस्तरीय सामान उपलब्ध गराउँदै उपभोक्ताहरुको किनमेल अनुभवलाई एकदम फरक बनाउन प्रतिबद्ध रहेकाे जनाएकाे छ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...