CG Electronics
IME Life
Ncell NPL

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा सयुक्त रूपमा आयोजित सेमिनार अन इन्टिग्रटि क्लाइमेट फाइनान्स टयाक्सोनोमी इनटी इन द बैंकिङ इन्डष्टि अफ नेपाल (Seminar on Integrating Climate Finance & Green Finance Taxonomy in the Banking Industry of Nepal) नामक एक कार्यक्रमका बीच उक्त विभागको स्थापना गरिएको हो ।

 

नेपालको बैंकिङ क्षेत्रले दिगो विकासमा सामना गरिरहेको चुनौतीहरूलाई समाधान गर्दै बैंकिङ क्षेत्रलाई sustainable finance उन्मुख गराउनको साथै उनीहरूको ज्ञान, शिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त रुपमा नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापनाको उद्घाटन गरिएको बैंकर्स संघले जनाएको छ ।

नेपालको वित्तीय क्षेत्रलाई sustainable financing उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मुल्यांकन तथा यससंग सम्बन्धित अन्तर्राष्ट्रिय अभ्यास तथा चुनौतीहरुलाई कसरी समाधान गर्दै अगाडी बढ्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो।

नेपालका लागि स्विट्जरल्याण्डका राजदूत महामहिम डा डेनियल मेउलीको स्वागत मन्तव्यका क्रममा दिगो बैंकिङको लागि सुरुवात गरेको पहल महत्वपूर्ण रहेको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ उद्योगमा जलवायु वित्तको महत्वमा जोड दिँदै दिगो वित्त प्रवद्र्धन गर्न नेपालको बैंकिङ क्षेत्र प्रतिबद्ध रहेको बताए । एफएमओ नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले बैंकिङ क्षेत्रले जलवायु परिवर्तनको असरलाई कम गर्न अन्तर्राष्ट्रिय स्तरमा निभाइरहेको भूमिका र यसले सृजना गरेको चुनौतीलाई कम गर्दै अवसरबाट कसरी फाइदा लिन सकिने सन्दर्भमा आफ्नो दृष्टिकोण राखे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले दिगो बैंकिङलाई प्रवद्र्धन गर्न गरेको नीतिगत व्यवस्था र नेपालको वित्तीय क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रमको प्राविधिक सत्र डीबीएस सिंगापुरका पूर्व प्रबन्ध निर्देशक तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेका सस्टेनेबिलिटी विशेषज्ञ युलान्डा चुङले गरेका थिए । उनले अन्तर्राष्ट्रिय परिदृश्यलाई केलाउँदै जलवायु परिवर्तनले नेपाललाई पार्न सक्ने प्रभाव, यसको जोखिम र नेपालको बैंकिङ क्षेत्रमा यसको सान्दर्भिकता लगायतका विषयमा आफ्नो धारणा राखे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जीसुन हान ९प्रबन्धक, ऊर्जा (एशिया र ईसीए एफएमओ), एन्टोनिया फ्लक (कार्यक्रम प्रबन्धक, स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन), काट्जा सिल्वा (लिएंडर ९प्रबन्ध निर्देशक, क्याडमस यूके), र दीपक कुमार डे (कार्यकारी समिति सदस्य, नेपाल बैंकर्स एशोसिएसन) लगायतका प्रमुख व्यक्तिहरूले जलवायु वित्त रणनीतिहरू लाई बैंकिङ सञ्चालनमा एकीकृत गर्ने सम्बन्धी भनाई राखे ।

कार्यक्रममा सरकारी अधिकारीहरू, विकास साझेदार, वाणिज्य बैंकका प्रतिनिधि, सञ्चार माध्यम, र सम्बन्धित सरोकारवालाहरू लगायत २०० भन्दा बढी सहभागी रहेका थिए।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

वि.सं.२०८३ वैशाख १९ शनिवार १६:०४

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...