Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बाढीका कारण झापाका २५० भन्दा धेरै परिवार विस्थापित

झापा । झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका–६ भन्द्र बस्तीका ५० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए ।

बस्ती डुबान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भद्रपुर–३ स्थित नयाँ बस्तीमा ३० घर डुबानमा परेका छन् । उनीहरूलाई भद्रपुर–२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै, बाह्रदशी गाउँपालिका–२ स्थित सुकुम्वासी बस्तीमा २४ घरमा पानी पसेको छ । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रवक्ता चन्दले जानकारी दिए ।

यस्तै, भद्रपुर–५ गैरीगाँउमा मेची खोला पस्दा २० घर विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका–१० बिहानी टोलमा कनकाई खोलाले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिम रहेकोले मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । यस्तै, शिवसताक्षी–७ मा एक घरपरिवार विस्थापित भएका छन् ।

बिर्तामोड–५ र बिर्तामोड–४ मा ७ घर परिवार विस्थापित भएका छन् । बिर्तामोड–८ बाह्रबिघेमा ३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई नगरपालिका ३ झरना बस्तीमा सन्का खोला र सुरुंगा खोलाको पानी पस्दा ११ घर विस्थापित भएका छन् । बिर्तामोड–३ सिर्जना टोलमा अदुवा खोलाको पानी पस्दा ९ घर विस्थापित भएका छन् । हल्दिबारी गाउँपालिका–२ खर्साङचोकमा १३ घरपरिवार विस्थापित भएका छन् ।

भद्रपुर–६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर विस्थापित भएका छन् । झापा गाउँपालिका–६ मा बिरिङ खोलाको बाढी पस्दा तीन घर विस्थापित भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–१ बाङ्गे टोलमा कमल खोला पस्दा १२ घरपरिवार विस्थापित भएका छन् । भद्रपुर–४ मेची गाउँमा डुबानले ६ घर विस्थापित भएका छन् । कचनकवल गाउँपालिका–७ भट्टा टोलमा डुबान हुँदा १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई आफन्त, छिमेकी र सार्वजनिक भवनहरूमा राखिएको प्रहरीले जनाएको छ ।

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:२२

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन...

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:१४

  काठमााडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर...

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...