Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अविरल वर्षाका कारण देशभर ६६ जनाको मृत्यु भएकाे गृह मन्त्रालयकाे दाबी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर ६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले काठमाडौं उपत्यका सहित देशभर ६० जना घाइते र ६९ जना बेपत्ता भएको बताए ।

 

तिवारीका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस्तै ललितपुरमा १८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । साथै भक्तपुरमा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको तिवारीले बताए ।

 

यस्तै बाढी पहिरोले कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते तथा ८ जना बेपत्ता रहेको समेत मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । साथै मधेश प्रदेशमा १ जनाको मृत्यु भएको छ भने घाइते ४ जना र बेपत्ता २ जना रहेको जनाएको छ ।

 

यस्तै बागमती प्रदेश उपत्यकाका बाहेक अन्य जिल्लाहरुमा गरी २३ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते अवस्थामा रहेका छन् भने ३९ जना बेपत्ता रहेको समेत मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

साथै देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण सडक, पुल, सार्वजनिक सम्पति र व्यक्तिका निजी घर तथा आवासहरुमा क्षति पुगेको जनाएको छ ।

गृह मन्त्रालयले मृतकहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाईका वावजुद काठमाण्डौ उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसहरुको उद्धार कार्य भइरहेको जनाएको छ ।

साथै सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण र सडकको अवस्था सहज नभएसम्म काठमाण्डौ उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी साधनलाई रोक लगाईएको छ भने विभिन्न सडकखण्डहरुको अवस्था अद्यावधिक गरी जानकारी गराउनुका साथै स्थानीय प्रशासनबााट मौसमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध समेत गरेको छ ।

उपचारको व्यवस्था मिलाउन र प्रभावितहरुको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न निर्देशन गरिएको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । केन्द्रीय सुरक्षा समितिको बैठक बसी गृहमन्त्री रमेश लेखकले विपद्मा परेकाहरुको तत्काल खोज तथा उद्धार गर्न र राहत कार्यमा उच्च प्राथमिकताका साथ परिचालन हुन निर्देशन समेत दिएको जनाएको छ ।

 

 

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...