Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नदीतर्फ एक अर्ब १६ करोड २० लाख बराबरको क्षति

kumari  bank

काठमाडौं । अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा नदी नियन्त्रणतर्फ हालसम्म १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पु¥याएको छ ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ हालसम्म १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पु¥याएको जानकारी गराएको हो ।

जस अन्तर्गत मेची नदीले मेचीनगर नगरपालिकाको प्रसादगैडा र मलामीटहरा र भद्रपुर नपा, गैरीगाउँ, बिरिङ्ग नदीले झापा गापा रेडक्रस टोल र हुलाकी राजमार्गको तलमाथी क्षेत्रमा साथै कन्काई नदीले हुलाकी राजमार्गको तल माथी क्षेत्रमा, झापा गापाको मिलनबस्ती र सुगा बथान एवं रतुवा नदीले रतुवा नपा राजाबासा, गौरादह नपा तेलियाडाँगी र मावा नदीले दमक नपा पाथीभरा मन्दिरमा अनुमानित लागत २१ करोड बराबरको क्षति पु¥याएको छ ।

कोशी नदीले बेलाका नपा, बक्राहा नदीले मिक्लाजुंग, पथरी सनिश्चरे, रतुवामाई, चिसांग नदीले लेटाङ्ग, बेलबारी साथै डाँस नदीले रंगेली र लोहन्द्रा नदीले बेलबारी एवं बस्ता खोलाले बिराटनगर क्षेत्रमा अनुमानित पाँच करोड ४० लाखको क्षति पु¥याएको छ ।

खाँडो नदीले शम्भुनाथ नपा, रुपनी गापा., राजविराज नपा, तिलाठी कोइलाडी गापा महली नदीले तिरहुत गापा, कन्चनरूप नपा, कंकालनी नपा, कृषणासोवरन गापा. साथै बलान नदीले लहान नपा, सखुवानन्करकट्टी नपा, बालन बिहुल गापा., सुरुङ्गा नपामा ठूलो क्षति पुर्याएको छ । अनुमानित क्षतिको लागत रु ९ करोड ८० लाख बराबरको क्षति पु¥याएको हो ।

यस्तै रातो नदीले महोत्तरी गापा, बर्दिवास नपा, बलबा नपा, जलेश्वर नपा, भंगहा नपा र मरहा नदीले सोनमा गापा एवं औरही नदीले लोहारपट्टी नपा, मुखियापट्टि नपा, मुसहरनिया गापा र तिपरा गापामा अनुमानित चार करोड बराबरको क्षति पु¥याएको छ ।
त्यस्तै हालसम्म सिँचाईतर्फ सुनसरी मोरङ सिंचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरुको टेल स्केपमा सामान्य क्षति भएको । अनुमानित ५ करोडको क्षति भएको हो ।

बागमती सिंचाई आयोजनामा पूर्वीमूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरुमा अनुमानित ५ करोड ४० लाखको क्षति भएको छ भने झाँझ सिंचाइ आयोजना अन्तर्गतको नहरमा तीन करोडको अनुमानित क्षति भएको छ ।

कमला सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्याएको, घुर्मि नदीमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्याएको र बताहा नदीमा रहेको साइफनमा क्षति पुर्याइ उच्च जोखिम मा रही पाँच करोड बराबरको क्षति समेत भएको छ ।

महाकाली सिंचाई आयोजना, कन्चनपुरलगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको वाढीले ठूलो क्षति पुर्याइ करिब १ अर्ब १४ करोडको क्षति भएको छ ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...