Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक र व्यक्तिगत विकासलाई विशेष महत्त्व दिँदै नियमित रूपमा विभिन्न सीप विकास तालिमहरू आयोजना गर्दै आएको छ। संस्थाले कर्मचारीहरूको विकासलाई आफ्नो समग्र वृद्धि र सफलता सँगै जोडेर हेर्दै आएको हो।

यसै परिप्रेक्ष्यमा, २०८१ साल भदौ महिनामा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा कम्पनीको प्रधान कार्यालयका कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा पूर्व मिस नेपाल सुगरिका के।सी। ज्यूको उपस्थिति रहेको थियो। करिब ६० जना कर्मचारीहरूले यस तालिमबाट लाभ लिएका छन्। प्रशिक्षण कार्यक्रमका मुख्य विषयहरूमा समय व्यवस्थापन, नेतृत्व विकास, संचार कला, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, र क्षमता वृद्धि समावेश थिए, जसले कर्मचारीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तालिमको क्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बिसीले कर्मचारीहरूलाई प्रेरित गर्दै कार्यकुशलताको विकास र रणनीतिक रूपमा अगाडि बढ्न सिकाएका थिए।

 

कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै, तालिममा सिकेका कुराहरूले उनीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले कार्यक्रमको सफल समापन गर्दै सबैलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि यस्ता तालिमहरू निरन्तर रूपमा सञ्चालन गर्दै कर्मचारीहरूको क्षमता अभिवृद्धिमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

वि.सं.२०८२ असार ९ सोमवार २१:५६

  काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र...

वि.सं.२०८२ असार ९ सोमवार २१:४८

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा...

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु...

वि.सं.२०८२ असार ९ सोमवार २०:५४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...