CG Electronics
Ncell NPL
TATA Banner

सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम सम्पन्न

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक र व्यक्तिगत विकासलाई विशेष महत्त्व दिँदै नियमित रूपमा विभिन्न सीप विकास तालिमहरू आयोजना गर्दै आएको छ। संस्थाले कर्मचारीहरूको विकासलाई आफ्नो समग्र वृद्धि र सफलता सँगै जोडेर हेर्दै आएको हो।

यसै परिप्रेक्ष्यमा, २०८१ साल भदौ महिनामा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा कम्पनीको प्रधान कार्यालयका कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा पूर्व मिस नेपाल सुगरिका के।सी। ज्यूको उपस्थिति रहेको थियो। करिब ६० जना कर्मचारीहरूले यस तालिमबाट लाभ लिएका छन्। प्रशिक्षण कार्यक्रमका मुख्य विषयहरूमा समय व्यवस्थापन, नेतृत्व विकास, संचार कला, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, र क्षमता वृद्धि समावेश थिए, जसले कर्मचारीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तालिमको क्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बिसीले कर्मचारीहरूलाई प्रेरित गर्दै कार्यकुशलताको विकास र रणनीतिक रूपमा अगाडि बढ्न सिकाएका थिए।

 

कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै, तालिममा सिकेका कुराहरूले उनीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले कार्यक्रमको सफल समापन गर्दै सबैलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि यस्ता तालिमहरू निरन्तर रूपमा सञ्चालन गर्दै कर्मचारीहरूको क्षमता अभिवृद्धिमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...