Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स जाँच गर्ने डिभाइस हस्तान्तरण

काठमाडौं । ट्राफिक प्रहरीलाई नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने डिभाइस हस्तान्तरण गरिएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ट्राफिक प्रहरीलाई सुरुवाती चरणमा १०४ थान फोन हस्तान्तरण गरिएको हो । यो व्यवस्था लागू भएसँगै सवारी चालकले नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स देखाए मात्र पुग्नेछ ।

नेपाल प्रहरीका प्रमुख आईजीपी वसन्त कुँवरले देशभर कूल तीन हजार डिभाइस आवश्यक पर्ने र तत्कालको लागि एक हजार फोन चाहिएको जानकारी दिए ।

उनले भने,‘पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कूल तीन हजार स्मार्टफोनको आवश्यकता छ भने तत्कालको लागि एक हजार फोन चाहिन्छ ।’

डिभाइसको सहायताले ट्राफिक प्रहरीले चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण हेर्न सक्नेछन् । कारबाही गर्नुपर्ने अवस्थामा त्यही डिभाइसबाट कारबाहीको अनुरोध गर्ने र त्यसको मेसेज चालकको मोबाइलमा पुग्ने व्यवस्था रहेको छ ।

स्क्यान गरिएको लाइसेन्सको विवरण प्रहरीको ‘टीभीआरएस’प्रणालीमा अद्यावधिक हुने बताइएको छ ।

 

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...