CG Electronics
IME Life
NIMB

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

दशैंमा मिठाइ कोसेली बन्द गरौं, फापर र तामा प्रयोग गरौं

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ । डाक्टर, अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन् । उनीहरुको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभएपनि तथ्याकंले के देखाउँछ भने नसर्ने रोगहरु एकदमै बढ्दै गइरहेको छ । झण्डै ३५ प्रतिशत महिलाहरु मोटोपनको शिकार भएका छन् । त्यसमा पनि उच्च वर्गका ५३ प्रतिशत र गरिब वर्गका २० प्रतिशत महिला मोटोपनको शिकार भएको तथ्याकंले देखाउँछ । जनस्वास्थ्यको दृष्टिकोणले यो नराम्रो अवस्था हो । कुपोषण पनि बढेको छ । जसले बालबालिको शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि समस्या ल्याइरहेको छ ।

खानपान र स्वस्थ्य जीवनशैलीलाई चाडपर्वमा मात्र होइन् । जहिले पनि ध्यान दिनुपर्छ । र त्यसलाई जिन्दगीको अंग नै बनाउनुपर्छ । चाडपर्वको बेला आफन्त र साथीभाइसँग भेट हुन्छ, धेरै समयसम्म भेट नभएकाहरुसँग पनि भेट हुन्छ । त्यो बेला खानाको बारेमा महत्वपूर्ण कुरा हुन्छ । दशैंको बेला हो, मासु खाऔं भन्ने हुन्छ । पहिला पहिला त ‘दशैं आयो खाउला पिउला’ भन्दा मासु नै भन्ने हुन्थ्यो । तर अहिलेको समयमा मासु अरु समयमा पनि खाने भएकाले त्यति चासो हुन्न र पनि दशैंैको बेला छुट्टै यसको महत्व हुन्छ ।

तर एउटा के कुरा चाँही विचार गर्नुपर्छ भने चाडपर्वको बेला खानपिन त गरिन्छ तर स्वास्थ्य अवस्थालाई चाँही ध्यानमा राख्नैपर्छ । किनकी खानलाई लागि धेरै खायो त्यसपछि विरामी पर्यो भने केही मतलब नै हुँदैन् । तर त्यसको असर दिर्घकाल रुपमा पर्दै जान्छ ।
पाँच छ फिटको शरीरका लागि तीनचार इन्चको जिब्रोले कन्ट्रोल गर्न सक्दैन । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । मासु, तरकारी, दालभात विभिन्न किसिमका परिकारहरु खाइन्छ । तर यसमा आनन्द पनि जोडिएको छ । पेट भर्ने मात्रै होइन् । घर परिवारसँग, पाहुनालाई बोलाए सँगै खाँदा छुट्टै आनन्द आउँछ ।

तर यस्तो बेला खानेकुरामा एकदमै संवेदनशिल बन्नुपर्छ । विशेषगरी मासु एकदमै चिल्लो र मसलेदार साथै हेर्दा राम्रो लाग्ने हुन्छ । तर त्यो खाँदा असर गर्छ भन्नेकुरा बुझनुपर्छ । स्वास्थ्यलाई असर पर्ने कुराहरु सकेसम्म नखानुहोला । मान्छेको मन कस्तो हुन्छ भने मासु र भात पकाएर खाँदा पेट भरिएपनि मुख भरिएको छैन भन्दै खाने स्वभाव हुन्छ । त्यसले धेरै रोगको शिकार बनाउँछ ।

पहिला दशैंको बेला धेरै रक्सी खाने गरेको देखिन्थ्यो । तर अहिले के सिद्ध भएको छ भने रक्सी दशैंका लागि मात्र सिमित छैन । धेरै चिल्लो, गुलियो पदार्थहरु, कोल्ड ड्रिङक्सहरु , मिठाइहरु खाँदा मानिसहरुको शरीरमा पनि कलेजोमा बोसो जम्ने समस्या हुन्छ । त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म, कोल्ड ड्रिङक्सदेखि अन्य पेय पदार्थहरुसम्म सेवन गर्दा एकदमै ध्यान पुर्याएर खानुपर्छ ।

कोल्ड ड्रिङक्सहरु त झन नछोएकै राम्रो हो । यसका सट्टामा कत्ति धेरै आफ्नै तरिकाका पेय पदार्थहरु कागती–पानी, पुदिना–पानी जस्ता सर्बतहरु सेवन गर्न सकिन्छ । स्वास्थ्य समस्या बढेर चाडपर्वमा अस्पताल जानेहरुको घुँइचो देखिन्छ । दशैं तिहारमा एकछिन रमाइलो ग¥यो, त्यसपछि अस्पतालमा डाक्टर खोज्दै जाने गरिन्छ ।

त्यस्तो भएपछि त चाडपर्वमा रमाइलो गरेको अर्थ नै भएन नि । त्यसैले पछिसम्म जिन्दगी रमाइलो भइराखोस् भन्ने हो भने दशैं तिहारमा पनि एकदमै संयमित भएर खाना खाने गर्नुपर्छ । पेटभरी र जबरजस्ती खानुहुँदैन । चाडपर्वको बेला जता जाँदा नि खाउँ न खाउँ भन्ने नेपालीहरुको बानी हुन्छ । उसले अपमानित महशुस गर्ला भनेर १० ठाउँमा जाँदा पनि अलि अलि मुखमा हाल्दा बढी नै हुन्छ । त्यसैले अपमानित नहुनेगरी एउटा टुक्रामात्र मुखमा हाल्ने र पेटमा उकुसमुकुस हुनेगरी खाँदै नखाने गर्नुपर्छ ।

दशैंको मुखमा कर्णालीतिर प्रायः सुनिन्थ्यो चामल अभाव भएको कुरा । काठमाडौंबाट चामल लगेर अथवा नेपालगञ्जबाट चामल ढुवानी गरेर कर्णालीतिर लगेर त्यसपछि मानिसले चामल खाने भएको हुनाले चामल विषेश इज्जतको बस्तु मानियो । तर कर्णलीतिरको चिनो उवा, सिमी, आलु, मार्सी चामल पाइन्छ ।

त्यसको प्रयोग गर्दा पनि त हुन्छ । त्यसको अर्थ चामल खानै हुँदैन भन्ने होइन । तर भएन भने चामलको सट्टामा मिलाएर खान पनि त मिल्छ । चामल दशैंमा टीका लगाउने भएर त्यसलाई अक्षतासँग जोडेको हो तर चामल छैन, खान पाएनौं, भोकै मर्नपर्ने भयो भनेर बस्नुपर्ने पनि छैन् ।

सरकारले सबै ठाउँमा पुर्याउन सक्दैन् । पुर्याएको पनि छैन् । चामलको सट्टामा कत्ति धेरै स्वस्थकर खानेकुराहरु कोदो, फापर जस्ता अन्य अन्नहरु छन् । चामल नहुँदैमा अनिकाल हुँदैन् । नेपालीहरु चाँही चामल नभइ खान पाइँदैन् र खान नपाएको भन्छन् । बास्तवमा त्यो होइन ।
चाडपर्वमा मिठाई कोसेली लान त बन्द नै गर्नुपर्छ । मेरोमा आउनेहरुले मिठाइ ल्याउँदा पनि नल्याउनुहोस् भनेको छु । ल्याउनै बन्द गरेको छु ।

आजभोलि ल्याउन छाड्नुभएको छ । फलफुल पाइन्छ नि बजारमा । म अरुको मा जाँदा फलफुल नै लैजान्छु । अलि सम्मान गर्ने मानिसको जाँदा काजु लैजान्छु । गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु । म आफू मिठाइ किन्दा पनि किन्दिन अरुलाई दिँदा पनि दिन्न । अरुलाई फलफुल लैजानुस सजिलो पनि छ । तर मिठाई चाँही न लैजानुहोस् नै भन्न चाहन्छु । (नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...