Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने बताए ।

नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गरे । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ ।

अहिलेको संविधान नेपाली जनता सार्वभौमसत्तासम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधनबाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उनले लोकतान्त्रिक प्रणालीमार्फत् जुनसुकै परिवर्तन ल्याउन सकिने बताए । “चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो होइन ।” प्रधानमन्त्री ओलीले भने, “दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला पनि फैलाइयो । कुन दसैँ ? २०८४ सालको ? जबकि हामीले पहिल्यै भनिसकेका छौँ, यो सरकार आफै फेरिन्छ । चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुन्छ ।”

व्यवस्थाविरोधी कुरा गर्नेहरुलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले अगाडि भने, “कुनाकाप्चाबाट म भन्न चाहान्छु, यो देशलाई विकास र परिवर्तन गर्ने कुरामा इतिहास बनाएका नेपाली काँग्रेस र नेकपा (एमाले) सहित लगभग तिहाइको सरकार सञ्चालित छ भन्ने कुरा हेक्का रहोस् । स्वतन्त्रताका नाममा झुठ बोल्नु र बेइमानी गर्नु हुँदैन । परिवार, समाज र देशको हितका लागि कुनै पनि काम निर्वाधरुपमा अगाडि बढाउन पाउने हक सबैलाई छ । हाम्रा पूर्वजहरुले यस देशलाई राम्रो बनाउने सन्दर्भमा व्यहोरोको दुःख र सङ्घर्षको ध्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।”

नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै उनले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यान जाने प्रतिबद्धता व्यक्त गर्दै अहिले समाजमा सांस्कृतिक धरातल खस्किएको र साइबर अपराध र लागु औषध प्रयोगका घटनाहरु बढ्नु राम्रो नभएको बताए ।
देश–विदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।,

प्रथम महिला राधिका शाक्य, गृहमन्त्री रमेश लेखक, संवैधानिक निकायका पदाधिकारी, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी समारोहमा प्रधानमन्त्री ओलीले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’सहित विधिन्न पुरस्कार र छात्रवृत्तिबाट बहालवाला र अवकाशप्रप्त प्रहरीलाई पुरस्कृत गरेका थिए ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...