Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्सको सहकार्यमा नेपालमा ‘डिजिटल सब्सक्रिप्शन’ सुरु

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्स प्रकाशनले नेपालमा पहिलो पटक ‘डिजिटल सब्सक्रिप्शन’ सुरु गरेका छन् ।

नेपाल रिपब्लिक मिडियाले विश्व प्रसिद्ध मिडिया द न्युयोर्क टाइम्ससँगको सहकार्यमा नागरिक दैनिक र रिपब्लिक डेलीको डिजिटल सदस्यता सुरु गरेको हो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र न्युयोर्क टाइम्स अन्तर्राष्ट्रियका अध्यक्ष स्टेफन डनबार जोन्सनले संयुक्त रूपमा नेपालमा न्युयोर्क टाइम्सको डिजिटल सब्सक्रिप्सनको सुरुवात गरेका हुन् ।

अमेरिकी सञ्चार संस्था द न्युयोर्क टाइम्स र नेपाल रिपब्लिक मिडियाबीच डिजिटल पेवालमा सहकार्य गरी विभिन्न प्लाटफर्ममा आफ्ना प्रयोगकर्तालाई वृहत् पहुंच दिने भएका छन् ।

अबदेखि न्युयोर्क टाइम्सका समाचार, खेल, पाककला, श्रव्य, वायरकटर, दि एथलेटिकलगायतका सामग्रीमा डिजिटल ग्राहकको पूर्ण पहुँच हुनेछ । यसबाट समाचारमा विशेष रिपोर्टिङका साथै सांस्कृतिक समाचार र विश्लेषण पनि प्राप्त गर्न सकिन्छ ।

नेपाल रिपब्लिक मिडिया मुलुकको पहिलो र एक मात्र पब्लिक लिमिटेड कम्पनी हो, जसको अहिले नेप्सेमार्फत् सेयर कारोबार भइरहेको छ ।

न्यूयोर्क टाइम्सका एक करोड ८ लाख अनलाइन ग्राहक रहेका छन् । अमेरिकामै मात्र रहेका यसका ८० प्रतिशत ग्राहकले प्रति महिना २५ अमेरिकी डलरका दरले वर्षेनि ३ सय अमेरिकी डलर भुक्तानी गर्छन् । रिपब्लिका र नागरिकका ग्राहकलाई माथिका सबै सुविधासहित वर्षेनि रु. ३,५०० मा यी सामग्री उपलब्ध गराइन्छ ।

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...