CG Electronics
IME Life
NIMB

असमानता, विभेद र उत्पीडन हटाउन अझै धेरै काम गर्न बाँकी छ : संचारमन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले समान अधिकार दिन नसकेको कारण अझै असमानता रहेको बताएका छन् ।

बुधबार ‘दनुवार’भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ समारोहमा उनले समाजमा रहेको असमानता, विभेद, उत्पीडन हटाउनको लागि संघीय शासन प्रणालीको आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि सबै कुरा हेर्दा विविधता भित्र असमानता, विभेद, उत्पीडनका विषयमा झगडा हुन्छ । राज्यले समान अधिकार दिन नसकेको हुनाले यस्तो भएको हो ।

यसको व्यवस्थापन गर्नको लागि संघीय शासन प्रणालीको आवश्यकता हुन्छ । यसका लागि विविधताभित्र एकता खोज्नु पर्छ । नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नको लागि सबैलाई थोरै थोरै र बराबर अधिकार दिएर अगाडि बढ्नु पर्छ ।’

आफ्नो प्रतिनिधि माथि जनताको राम्रो नियन्त्रण कायम होस र लोकतन्त्र राम्रो होस भनेर संघीय प्रणालीमा आएको पनि उनको भनाई छ ।

यस्तै, उनले समय अनुसार नढल्ने हो भने विकास सम्भव नहुने भन्दै रेडियो नेपाललाई वर्तमान समाजमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्ने बताए ।

उनले सरकार र नीति नियमको स्थिरताको लागि र जनताको समस्या समाधान गर्नको लागि यो सरकार बनेको भन्दै सरकारले आफ्नो काम गर्ने बताए ।

 

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...