CG Electronics
IME Life
NIMB

भक्तपुरमा दिपलको नयाँ सोरुम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

भक्तपुर । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले शुक्रबार भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो ।

नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले संयुक्त रुपमा दिपलको भक्तपुर सोरुमलाई उद्घाटन गरे ।

उद्घाटन समारोहमा नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरु नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको बताए । ‘अब सूचना प्रविधिका क्षेत्रमा मात्र होइन अटोमोबाइलमा पनि आर्टिकफिसियल इन्टेलिजेन्स भित्रिइसकेको छ,’ उनले भने, ‘सरकारले डिजेल पेट्रोलका सवारीसाधनको आयातलाई कम गर्न र देशमा प्रचुरमात्रामा भएको जलस्रोतलाई उपयोग गर्न सवारीधान, रेल र उद्योगलाई विद्युतीकरण गर्नुपर्छ ।’ उनले समाजका सबै तप्कासम्म विद्युतीय सवारीसाधनको पहुँचलाई सहज बनाउन सरकारले काम गर्नुपर्ने पनि बताए ।

त्यसैगरी, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए । ‘आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार इभी हुन् । यसबाट नेपाली प्रयोगकर्तामाझ इभीप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ’. उनले भने ।

उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गर्न पाउँदा आफूले गर्व महसुस गरिरहेको बताए । ‘६ महिनाअघि सार्वजनिक गरेयता हामीले पाँच सय ५० भन्दा बढी दिपल इभी डेलिभरी गरिसकेका छौं र सबै ग्राहक यसको पर्फमेन्सबाट सन्तुष्ट हुनुहुन्छ’, उनले भने ।

 

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...