Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

भारतलाई हराउँदै नेपाल फाइनलमा

kumari  bank

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो ।

त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । आज खेल निकै तनावग्रस्त बन्यो । गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।


त्यसअघि खेलको ७१औँ मिनेटमा नेपालले ‘विवादित गोल’ गरेको थियो । तर, त्यो गोलले मान्यता नपाएपछि खेल अवरुद्ध भएको थियो । दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको विवादित ‘प्ले अन ह्विसिल’पछि नेपालले गोल गरेको थियो ।

तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको ‘बराबरी गोल’ खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको थियो । त्यतिबेला नेपालकी प्रीति राईले गोल गरेकी थिइन् ।

त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् । रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो ।  अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।

विश्व केम्पो च्याम्पियनसिप : सात अन्तर्राष्ट्रिय पदकसहित नेपालको कीर्तिमान

विश्व केम्पो च्याम्पियनसिप : सात अन्तर्राष्ट्रिय पदकसहित...

वि.सं.२०८२ वैशाख २२ सोमवार ००:०१

  काठमाडौं । २१औँ विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले अन्तरराष्ट्रिय...

नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा

नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे...

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:०२

  काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको...

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै

वि.सं.२०८१ फागुन ८ बिहीवार ०९:३४

  काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले...

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण शुक्रबादेखि सुरु

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण...

वि.सं.२०८१ पुस २१ आइतवार ०८:०५

  चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ...

वि.सं.२०८१ पुस १५ सोमवार २१:१३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल...