CG Electronics
IME Life
NIMB

भारतलाई हराउँदै नेपाल फाइनलमा

NIMB
Himalayan Bank

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो ।

त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । आज खेल निकै तनावग्रस्त बन्यो । गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।


त्यसअघि खेलको ७१औँ मिनेटमा नेपालले ‘विवादित गोल’ गरेको थियो । तर, त्यो गोलले मान्यता नपाएपछि खेल अवरुद्ध भएको थियो । दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको विवादित ‘प्ले अन ह्विसिल’पछि नेपालले गोल गरेको थियो ।

तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको ‘बराबरी गोल’ खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको थियो । त्यतिबेला नेपालकी प्रीति राईले गोल गरेकी थिइन् ।

त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् । रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो ।  अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...