CG Electronics
Ncell NPL
TATA Banner

गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको सिर्जना गर्न नेपाल सरकार सधै प्रतिबद्ध रहेको बताउनुभएको छ ।

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को ‘ग्लोबल’ सम्मेलन तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीसँगको सहकार्य मजबुत बनाउन नेपाल सरकार सदैव तयार रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “गैरआवासीय नेपाली दिवसका अवसरमा सङ्घले वार्षिक साधारणसभाका साथै गैरआवासीय नेपालीहरूको लगानी, गैरआवासीय नेपालीको नागरिकता, प्रवासी नेपालीको मताधिकार, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, महिला तथा युवाका विषयमा छलफल गर्नेगरी आयोजना गरिएको यो ग्लोबल सम्मेलनले सङ्घले उठान गरेका विषयमा नेपाल सरकारलाई नीतिगत सुधारका लागि पृष्ठपोषण हुने विश्वास सरकारले राखेको छ ।” गैरआवासीय नेपालीको यो कार्यक्रमले नेपालमा लगानीको वातावरण रहेको स्पष्ट सन्देश विश्व समुदायमा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालमा लगानीको वातावरण उपयुक्त रहेको र त्यसका लागि वर्तमान सरकारले आवश्यक सहजीकरण गरी वैदेशिक लगानीमैत्री कानुनी तथा नीतिगत व्यवस्था गरेको बताउनुभयो ।

“गैरआवासीय नेपालीहरूले विदेशमा रहँदा गरेको आम्दानीलाई जन्मस्थलमा लगानी गर्ने कामलाई सरकारले प्राथमिकता दिँदै आइरहेको यहाँहरूलाई अवगत नै छ”, मन्त्री भण्डारीले भन्नुभयो, “एनआरएन विकास कोष स्थापना गर्ने र सो फण्डमार्फत नेपालामा पुँजी र प्रविधि भित्र्याउने विषय स्वागतयोग्य विषय हो, उक्त कोषको उपयोग र लगानी गरी देशमा रोजगारीका अवसर सिर्जना गरी भविष्यमा नेपाली युवाले रोजगारीका लागि देश छाड्नै नपर्ने वातावरण स्थापना गर्ने कुरामा सहकार्य गर्न सरकार हरदम तयार छ ।” गैरआवासीय नेपालीमार्फत वैदेशिक लगानी परिचालन गर्नुका साथै गैरआवासीय नेपाली विकास कोषकोसमेत समुचित उपयोगका लागि नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य सहजीकरणसमेत गर्दै आइरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “ सरकारसँगको साझेदारीमा स्थापना हुने लगानी कम्पनीमार्फत लागानी गर्न गैरआवासीय नेपालीका हकमा वैदेशिक लगानीको न्यूनतम सीमा लागू नहुने व्यवस्था सरकारले गरेको छ ।” सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्रचलित कानुनबमोजिम स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागि मात्र नेपाल राष्ट्रबैंकको स्वीकृति लिइ पूर्वाधारसम्बन्धी परियोजनामा सेयर, बण्ड र डिवेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामा भुक्तानी हुनेगरी नियमानुसार धितोपत्र निष्कासन गर्नसक्ने व्यवस्था गरेको मन्त्री भण्डारीले कार्यक्रममा जानकारी गराउनुभयो ।

आर्थिक रूपान्तरणका लागि गैरआवासीय नेपालीहरूले विश्व बजारमा सिकेको सीप, जानेको प्रविधि र गरेको आम्दानीबाट नेपालले लिनसक्ने अधिकतम लाभका लागि नेपालले सधैँ सहकार्य गर्न सबै ढोका खुला राखेको उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “नेपालको औद्योगिक विकासका लागि गैरआवासीय नेपालीका साथै वैदेशिक लगानीका लागि हामीले सधैँ स्वागत गरेकै छौँ र भविष्यमा यस्ता लगानीलाई प्रोत्साहन हुनेगरी सरकारले नीतिगत, कानुनी तथा अन्य सुधारको कार्य गरिरहेको छ ।”

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...